बहिनी जिस्क्याएको निहुँमा रामेछापका युवकले गरे रामेछापकै साथीको ह’त्या

  • प्रकाशित मिति: बिहिबार, चैत्र १३ २०८१
  • तामाकोशी

रामेछाप । ललितपुरको इमाडोलमा एक जनाको ह’त्या भएको छ।

महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक पुरूषको ह’त्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।



हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती रहेको एसएसपी अधिकारीले जानकारी दिए। उनको ह’त्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्रा’उ गरेको छ। खातीमाथि खुकुरी प्रहार भएको हो।

गएराति करिब पौने १ बजेतिर ह’त्या भएको खबर पाएपछि परिसर र प्रहरी वृत्त सातदोबाटोको टोली खटिएको थियो।

प्रहरीको टोलीले राति मुचुल्का गरी बिहीबार बिहान करिब ४ बजेतिर शव पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ह’त्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ।

उनलाई पक्राउ गरेका हौं। धेरै सोधपुछ गर्न भ्याइसकेका छैनौं,’ एसएसपी अधिकारीले भने। यद्यपि प्रारम्भिक बयानमा उनले ह’त्याको कारण भने खुलाएका छन्।

दिपक पनि रामेछापकै हुन्। दुई जनाबीच पुरानो चिनजान पनि थियो। दिपककी अन्दाजी १५ वर्षकी बहिनी पनि छिन्।

‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ। पहिले पनि जिस्क्याएको रहेछ। त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन्,’ एसएसपी अधिकारीले भने।

आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले सुमनलाई बुधबार सुनाएकी थिइन्। त्यसपछि उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए। चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए।

मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी ह’त्या गरेको एसएसपी अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।