रामेछाप । माध्यमिक शिक्षा परीक्षा (एसइई) पहिलो दिनको परीक्षा रामेछापमा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षामा नियमित तर्फ नौ जना र ग्रेड वृद्धि तर्फ २३ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।
जिल्लाबाट दुई हजार ४१४ जना नियमित र २९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुनुपर्नेमा नियमित तर्फ नौ जना र ग्रेड वृद्धि तर्फ २३ जना विद्यार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्राविधिक सहायक दिनेश नेपालीले बताउनुभयो ।
उहाँका अनुसार नियमित तर्फ डहु मावि डहु केन्द्रमा एक, त्रिपुरेश्वर मावि दुरागाउँ परीक्षा केन्द्रबाट एक, हिमगंगा बहुमुखी क्याम्पस साघुटार परीक्षा केन्द्रबाट तीन जना विद्यार्थी अनुपस्थित भएका छन् । त्यसै गरी कण्ठेश्वर मावि टोकरपुर परीक्षा केन्द्रमा एक, प्रयागेश्वर मावि पकरबास परीक्षा केन्द्रमा एक, तामाकोशी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रमा एक जना र सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट एक जना विद्यार्थी अनुपस्थित भएका छन् ।
ग्रेड वृद्धि तर्फ डहु मावि डहु परीक्षा केन्द्रमा तीन, मन्थली माविको (ग) परीक्षा केन्द्रमा दुई, नागकन्या मावि गडवाडी परीक्षा केन्द्र मन्थलीमा एक जना विद्यार्थी अनुपस्थित भएका छन् । त्यसैगरी कालिका मावि लखनपुर परीक्षा केन्द्रमा दुई, कण्ठेश्वर मावि टोकरपुरमा आठ, प्रयागेश्वर मावि पकरबास परीक्षा केन्द्रमा दुई, त्रिपुरेश्वर मावि दुरागाउँ परीक्षा केन्द्रमा दुई, झट्टेश्वर मावि धोबी परीक्षा केन्द्रमा एक, हिमगंगा बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा दुई जना विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षा रामेछापमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।