स्वास्थ्य सेवा दिवसमा बिरामीलाई फलफूल वितरण

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १५ २०८१
  • तामाकोशी

रामेछाप । आज साथ स्वास्थ्य सेवा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सर्वसुलभ स्वास्थ्य सेवा, निरोगी नेपाल हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मन्थली नगरपालिकाले पनि स्वास्थ्य सेवा दिवस २०८१ मनाएको हो ।
नगरपालिकाले स्वास्थ्य सेवा दिवस २०८१ का अवसरमा मन्थलीमा सञ्चालित अस्पतालहरूमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल लगायतको टोलीले मन्थलीमा सञ्चालित अस्पतालहरूमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।