एसिड आक्रमण गरेको ३ घण्टा मै पक्राऊ ! आक्रमणकारी श्रीमान भएको खुलासा

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २ २०७६
  • तामाकोशी

काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार बेलुका युवतीमाथि एसिड आक्रमण गर्ने पक्राउ परेका छन् । कालोपुलमा बुधबार साँझ ७ बजे तिर एसिड आक्रमण भएको थियो । प्रहरीले आक्रमणकारीलाई घटना भएको तीन घण्टा भित्रै पक्राउ गरेको हो । कालोपुलमा जेनी खड्का नामकी २२ वर्षीयाँ युवतीमाथि एसिड आक्रमण भएको थियो । त्यसपछि आक्रमणकारीको खोजीमा जुटेको प्रहरीले आक्रमणकारीलाई काँडाघारीबाट नियन्त्रणमा लिएको कमल पोखरी प्रहरीले डिसी नेपाललाई जानकारी दिएको छ ।

कमल पोखरीका एक जना प्रहरी अधिकारीले भने, ‘तीन घण्टा भित्रै हामीले आरोपीलाई पक्राउ गरेका छौं । उसले आरोप स्वीकार गरेको छ ।’ प्रहरीका अनुसार ३८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । प्रहरीका अनुसार पीडित युवती आक्रमणकारी भुजेलकी कान्छी श्रीमती हुन् । प्रहरीले घटनबारे अनुसन्धान भइरहेकाले थप विवरण प्राप्त नभएको जनाएको छ । डिसी नेपाल,