गृहमन्त्री र ओलीको राष्टियता माथि नेता रावलको कडा प्रहार (भिडियो)

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १ २०७६
  • तामाकोशी

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन् । रावलले राष्ट्रियता र देशभक्तिका बारेमा पनि आफ्नो धारणा राखेका थिए ।

बुधबार अलिख (छैठौं) केन्द्रिय कार्यालयले ५४ औं विद्यार्थी दिवसको सन्दर्भमा आयोजना गरेको राष्ट्रियतामाथिको संकट र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले यस्तो कडा टिप्पणी गरेका हुन् ।