रामेछाप । वैशाख १३ गते,
रामेछाप र दोलखाको सिमनामा पर्ने प्रसिद्ध पर्यटकीय केन्द्र शैलुङ्ग महोत्सव रामेछापको शुक्रवारबाट सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने भनेर प्रचार प्रसार गरिए पनि मौसम खराब भएको भन्दै प्रचण्ड नआएपछि दोलखाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङ र रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले संयुक्त रुपमा महोत्सवको उदघाटन गरेका छन् ।
रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको मेलुङ्ग गाउँपालिका र शैलुङ्ग गाउँपालिकाको संयुक्त आयोजना गरेको महोत्सवमा ६० वटा स्टल राखिएको बताइएको छ । प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमीले परिचित शैलुङ्गलाई विश्वसामु चिनाउने उद्देश्यले वैशाख १३,१४ र १५ गते सम्म संचालन हुने महोत्सवमा करिब १५ हजार सहभागी हुने आयोजकले अपेक्षा गरेका छन् ।
देशकै प्रमुख पर्यकीयस्थलको रुपमा विकास गर्ने उदेश्य सहित शैलुङ सांस्कृतिक तथा प्राकृतिक महोत्सवमा ७० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
महोत्सवका लागि दोलखाको मेलुङ्ग गाउँपालिकाले ५ लाख र शैलुङ्ग गाउँपालिकाले ५ लाख रकम दिनेछ भने बाकि रामेछापको दोरम्बा गाउँपालिकाले व्यवस्था गर्ने सहमति भएको छ । शैलुङ्गमा १०० भन्दा बढी थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छन् भने नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, पदमार्गमा विभिन्न धार्मिक स्थलहरुको अवलोकन, रमणीय हिमश्रृखलाहरुको अवलोकनबाट आनन्द लिन सकिन्छ । तर शैलुङ ऐतिहासि, धार्मिक, पं्राकृतिक र पर्यटकीय क्षेत्रको रुपमा चिनिदै आएको शैलुङ्ग आवश्यक प्रचार प्रसार हुन सकेको छैन् ।
प्रथम शैलुङ्ग महोत्सव सुरु , उद्घाटन गर्न नेकपा अध्यक्ष प्रचण्ड आएनन्
- प्रकाशित मिति: शुक्रबार, बैशाख १३ २०७६
- तामाकोशी