रामेछापमा SEE नतिजा ८१ दशमलव ३२ प्रतिशत, ३६ विद्यार्थीले ल्याए ४ GPA

  • प्रकाशित मिति: मंगलबार, बैशाख २९ २०८३
  • तामाकोशी

रामेछाप। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा रामेछाप जिल्लाको नतिजा ८१ दशमलव ३२ प्रतिशत रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार परीक्षामा सहभागी कुल २ हजार २ सय ८० विद्यार्थीमध्ये १ हजार ८ सय ५४ जना ग्रेडेड भएका छन् ।
साधारण धारतर्फ २ हजार १ सय ३६ र प्राविधिक धारतर्फ १ सय ४४ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये साधारण धारका १ हजार ७ सय १० तथा प्राविधिक धारका शतप्रतिशत अर्थात् १ सय ४४ विद्यार्थी ग्रेडेड भएका छन् ।
यस वर्ष जिल्लाभर ३६ जना विद्यार्थीले ४ GPA हासिल गरेका छन् । जसमध्ये साधारण धारतर्फ २७ जना र प्राविधिक धारतर्फ ९ जना रहेका छन् ।
नतिजाअनुसार ३.६१ देखि ४.०० GPA ल्याउने विद्यार्थी संख्या २ सय ८६ रहेको छ । यस्तै ३.२१ देखि ३.६० GPA ल्याउने ४ सय ११ जना, २.८१ देखि ३.२० GPA ल्याउने ६ सय २४ जना तथा २.४१ देखि २.८० GPA ल्याउने ४ सय ५७ जना रहेका छन् ।
त्यसैगरी २.०१ देखि २.४० GPA ल्याउने ७६ जना विद्यार्थी रहेका छन् भने १.६१ देखि २.०० GPA ल्याउने विद्यार्थी संख्या शून्य रहेको तथ्यांकमा उल्लेख छ ।
परीक्षामा सहभागीमध्ये ४ सय २६ जना विद्यार्थी ननग्रेडेड (NG) भएका छन् ।