खाडादेवीमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • प्रकाशित मिति: बुधबार, बैशाख ९ २०८३
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिकामा १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा तथा खाडादेवी गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
उधोग, पर्यटन तथा वातावरण समिती सभापति आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा आज आयोजित उद्घाटन समारोहबाट प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलकुदकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्रका विभिन्न स्थानीय तहका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यद्यपि, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकाले यसपटक सहभागिता जनाएका छैनन्।
प्रतियोगिताले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।