रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न

  • प्रकाशित मिति: शनिबार, बैशाख ५ २०८३
  • तामाकोशी

रामेछाप, रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ। संघका अध्यक्ष कबिन्द्र लामाको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले रामेछापमा पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायीहरूलाई गुणस्तरीय सेवा विस्तारमा जोड दिन आग्रह गर्नुभयो। उहाँले स्थानीय सरकार व्यवसायीहरूसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको विकासमा प्रतिबद्ध रहेको पनि बताउनुभयो।
अध्यक्ष लामाले संघले विगतका वर्षहरूमा पर्यटन प्रवर्द्धन, व्यवसायी हकहित संरक्षण तथा क्षमता अभिवृद्धिका क्षेत्रमा उल्लेख्य काम गरेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै बन्द सत्र सुरु भएको छ। बन्द सत्रले संघको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।