खाँडादेवी सांस्कृतिक महोत्सव सुरु (फोटो फिचर )

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २७ २०८२
  • तामाकोशी

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिकामा आजदेखि खाँडादेवी सांस्कृतिक महोत्सव २०८२ औपचारिक रूपमा सुरु भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाज खाँडादेवी कार्यसमिति अध्यक्ष टिकाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने उपाध्यक्ष रमा घिसिङलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सन्दिप श्रेष्ठको संयोजकत्वमा रहेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता देखिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आ–आफ्ना सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै माहोललाई उत्साहपूर्ण बनाएका थिए ।
आयोजकका अनुसार महोत्सव अन्तर्गत भोलि शनिबार प्रकाश कटुवाल, रोज मोक्तान, रामकुमार पौडेल, कुमार कार्की सरोज लामिछाने, उत्तम पौडेल, सन्ध्या सानू, गोबिन्द गौतम लगाएत चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । महोत्सवले स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।