रामेछापको उमाकुण्डमा पूर्ण खोप सुनिश्चितता अभियान सम्पन्न

  • प्रकाशित मिति: बिहिबार, चैत्र १२ २०८२
  • तामाकोशी

रामेछाप । उमाकुण्ड गाउँपालिकाका सबै वडामा वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरूसँग ‘पूर्ण खोप दिगोपना तथा सुनिश्चितता’ सम्बन्धी कार्यक्रम एकैदिन सम्पन्न गरिएको छ।

गाउँपालिकाभर सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा भित्रका जननिर्वाचित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, शिक्षक, विद्यार्थी लगायत विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



कार्यक्रममार्फत पूर्ण खोपको महत्व, खोपबाट बच्न सकिने रोगहरू तथा खोप सेवाको दिगोपनाका विषयमा जानकारी आदानप्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सबै स्वास्थ्य संस्थामा एकैदिन कार्यक्रम सम्पन्न भएसँगै गाउँपालिकाभर खोप सेवा प्रभावकारी रूपमा विस्तार भएको दाबी गरिएको छ। स्वास्थ्य शाखाले अब खोपबाट कोही पनि बालबालिका छुट्न नदिन निरन्तर अनुगमन र समन्वयलाई अझ सुदृढ गरिने जनाएको छ।