घरायसी विवाद: रामेछापमा ज्वाइँको ह’त्या

  • प्रकाशित मिति: मंगलबार, चैत्र १० २०८२
  • तामाकोशी

रामेछाप। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ भार्लेमा घरायसी विवादका कारण ज्वाइँको ह’त्या भएको छ ।
प्रहरीका अनुसार ससुराली आएका अन्दाजी ६० वर्षीय प्रेमबहादुर तामाङको उनका जेठान अन्दाजी ६० वर्षीय वीरबहादुर तामाङले कुटपिट गरी सोमबार बिहान ह’त्या गरेका हुन् । दुवैबीच घरायसी विषयमा विवाद हुँदा घटनाले उग्र रूप लिएको जनाइएको छ ।
ह’त्या पश्चात् फरार भएका आरोपित वीरबहादुरलाई मंगलबार बिहान सोही वडाको खारपानी क्षेत्रबाट प्रहरीले पक्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।