विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २५ २०८२
  • तामाकोशी

काठमाडौँ, विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।

संस्थाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १८४ पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले ‘अस्वस्थ’ श्रेणीमा पर्ने मानिन्छ। आईक्यू एयरको विवरणअनुसार काठमाडौँपछि बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो तथा भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेका छन्।



विज्ञहरूका अनुसार बढ्दो सवारी साधनको चाप, सडक विस्तारका क्रममा उड्ने धुलो तथा पछिल्लो समय देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौँ उपत्यकाको हावा दिनप्रतिदिन प्रदूषित बन्दै गएको छ।