बस दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा लिखुतामाकोशी गाउँपालिकामा शोक बिदा

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १ २०८२
  • तामाकोशी

रामेछाप । काठमाडौँबाट खुर्कोट–मन्थली हुँदै रामेछापको धोबी–सिरिसे–ढाँडे मार्ग भएर ओखलढुङ्गातर्फ आउँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको अरनिको यातायात प्रा. लि. को बस दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको सम्झनामा लिखु तामाकोशी गाउँपालिकाले शोक बिदा दिएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष केशव महतले एक सूचना प्रकाशन गरी मृतकहरूको सम्झनामा गाउँपालिकाले आगामी सोमबार शोक बिदा दिएको जनाएका छन् ।
सूचनामा माघ २७ गते काठमाडौँबाट खुर्कोट–मन्थली पुष्पलाल सडक हुँदै रामेछापको धोबी – सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा तर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ को पूर्व अरनिको यातायात प्रा. लि. बस, खुर्कोट–मन्थली पुष्पलाल सडक खण्डको मन्थली नगरपालिका वडा नं. ६ बेनीघाट पुल नजिक तामाकोशी नदिमा भएको बस दुर्घटनाको क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप शोक मनाउन फागुन ४ गते सोमबार लिखुतामाकोशी गाउँपालिकाभरका सरकारी कार्यालय तथा मातहतका सम्पूर्ण सार्वजनिक कार्यालयहरूमा सार्वजनिक बिदा दिने शुक्रवार बसेको गाउँ कार्यपालिका बाट निर्णय भएको उल्लेख छ ।



गाउँपालिका अध्यक्ष केशव महतले शोकको यस घडीमा मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । गत मंगलबार भएको दुर्घटनामा परि १२ जनाको घटना स्थलमै ज्यान गएको थियो भने तीन जना अझै बेपत्ता छन् ।

चालक सहित ८ चना घाइते भएका थिए । मृतक मध्ये लिखुतामाकोशी गाउँपालिकाको मात्रै ७ जना रहेका छन् । दुर्घटनामा परि बेपत्ता भएका लिुखतामाकोशीका २ बालक सहित ३ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।