गोकुलगंगामा एमालेको निर्वाचन प्रचार–प्रसार अभियान, भुजी डाँडामा मतदातासँग भेटघाट

  • प्रकाशित मिति: शुक्रबार, माघ १६ २०८२
  • तामाकोशी

रामेछाप । नेकपा (एमाले) रामेछापको निर्वाचन प्रचार–प्रसार अभियान अन्तर्गत बिहीबार गोकुलगंगा गाउँपालिका–३, रस्नालु भुजी डाँडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुङ्गेलले मुलुकको समसामयिक राजनीति, विकास र समृद्धिको यात्रामा एमालेको भूमिका तथा आगामी दिनमा रामेछापको समग्र विकासका लागि आफ्ना योजना मतदातासँग राखे । उनले जनताको भरोसा, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय मतदाताले विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्यजस्ता विषयमा आफ्ना अपेक्षा राख्दै ढुङ्गेलसँग प्रत्यक्ष संवाद गरेका थिए ।



नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाभर यस्ता जनभेटघाट, छलफल तथा संगठन सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिइएको छ । उनले चुनावी अभियानलाई अझ प्रभावकारी बनाउँदै नेकपा एमाले रामेछापमा मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित रहेको बताए ।