रामेछापमा उम्मेदवार छान्ने कसरत : एमालेको छैटौँ पूर्ण बैठक जारी

  • प्रकाशित मिति: मंगलबार, पुष २२ २०८२
  • तामाकोशी

रामेछाप । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने विषयलाई केन्द्रमा राख्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) रामेछाप जिल्ला कमिटीको छैटौँ पूर्ण बैठक मन्थलीमा जारी रहेको छ।
जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य  माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा मङ्गलवारबाट सुरु भएको बैठकमा सम्भावित उम्मेदवारहरूको नाम, सङ्गठनात्मक योगदान, राजनीतिक क्षमता र स्थानीय स्वीकार्यताबारे गहन छलफल भइरहेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि माधव ढुङ्गेल, कैलाश प्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशर बुढाथोकी र गीता कार्की गरी ८ जनाले दाबेदार प्रस्तुत गरेका एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अहिले बैठक जारी छ । बैठकमा निर्वाचन तयारी, सङ्गठन सुदृढीकरण तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा समेत छलफल भइरहेको छ। बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिने उम्मेदवारको नाम टुङ्गो लगाइने एमाले रामेछापले जनाएको छ ।