रामेछाप । जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा शनिवार एक १० वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। शनिवार बिहान ८ः३० बजे घरबाट हराएकी दिपिसा भुजेल साँझ साढे ५ बजे घर नजिकैको सिचाइ पोखरीमा मृत अवस्थामा भेटिएको मन्थली नगरपालिका–५ सुनारपानीका वडा अध्यक्ष रवीन कार्की (नवीन)ले जानकारी दिए ।
वडा अध्यक्ष कार्कीका अनुसार बालिका हराएको थाहा पाएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए। खोजीको क्रममा पोखरी नजिकै बालिकाको चप्पल फेला परेको थियो। यसपछि पोखरीमा खोजी गर्दा बालिका मृत भेटिएकी हुन्।
स्थानीयका अनुसार मृतक बालिका शारीरिक रूपमा अशक्त थिइन्। घटना पछि स्थानीय समुदायमा शोक र दुःखको छाएको छ।