संगठन सुदृढीकरणमा एमाले उमाकुण्ड सक्रिय बन्दै

  • प्रकाशित मिति: बुधबार, कार्तिक २६ २०८२
  • तामाकोशी

रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँपालिकाले संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी बनाउन कार्तिक २९ गते मन्थलीमा हुने जिल्ला भेलाका लागि तयारी तीव्र पारेको छ।

गाउँपालिका कमिटीको मङ्गलवार बसेको बैठकले गाउँपालिकाका सातै वडाबाट कम्तीमा १०–१० जना कार्यकर्ता र प्रतिनिधि गरी ७० जना जिल्ला भेला उपस्थित गराउने निर्णय गरेको हो। साथै, काठमाडौँमा बसोबास गर्ने उमाकुण्डबासी कार्यकर्ताहरूसँग पनि समन्वय गरेर ३०० जना भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ।



बैठकले १६ वर्ष पुगेका युवालाई मतदाता नामावली सूचीमा नाम दर्ता गराउने अभियानसँगै सहभागी गराउने निर्णयसमेत गरेको छ। जिल्ला स्तरीय भेला आगामी निर्वाचनका तयारी र पार्टी सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण हुने भएकोले सम्पूर्ण वडा समिति र कार्यकर्तालाई सक्रिय सहभागिताका लागि एमाले उमाकुण्ड गाउँपालिका कमिटीले आह्वान पनि गरेको छ ।