रामेछाप । उमाकुण्ड गाउँपालिकामा भदौ १७ गतेदेखि २३ गतेसम्म सातै वडामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण कार्यक्रम सञ्चालन हुने भएको छ ।
भदौ १७ गते वडा नं. ७, भुजीबाट सुरु हुँदै भदौ १८ गते वडा नं. ६, गुप्तेश्वर, भदौ १९ गते वडा नं. ४, च्यादलु, भदौ २० गते वडा नं. ५, प्रीति, भदौ २१ गते वडा नं. ३, कुबुकास्थली, भदौ २२ गते वडा नं. २, बाम्ती भण्डार र भदौ २३ गते वडा नं. १, गुम्देलमा सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय, सहकार्य तथा सहभागितामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण हुने गाउँपालिकाको भनाइ छ ।
तोकिएको मितिमा सोही वडा कार्यालयमा उपस्थित भई आवश्यक विवरण भर्न र राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्न गाउँपालिकाले नागरिकहरूलाई आग्रह गरेको छ।