प्रकाश कटुवालको नयाँ गीत ‘कटुवालको छोरो म त…’ सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, साउन १० २०८२
  • तामाकोशी

काठमाडौं, चर्चित लोकगायक, गीतकार तथा संगीतकार प्रकाश कटुवालले आफ्नो नयाँ सिर्जना ‘कटुवालको छोरो म त…’ सार्वजनिक गरेका छन्।

गीतमा शब्द, संगीत र स्वर तीनवटै जिम्मेवारी स्वयं प्रकाश कटुवालले सम्हालेका छन्। यस गीतमार्फत उनले नेपालभरि छरिएर रहेका कटुवाल समुदायका बन्धुहरूलाई सम्मान र गौरवको भाव व्यक्त गरेका छन्।



गीतले आफ्नो थर, पहिचान, संस्कार र परिश्रमप्रतिको गर्वलाई उजागर गरेको छ। “कटुवालको छोरो म त…” भन्ने शीर्षक नै आफैंमा आत्मविश्वास र समाजप्रतिको योगदानको प्रतीक हो।

गीतमा लोकधुनको मिठास, समाजप्रतिको निष्ठा, र आफ्नो जरा–थलोको माया समेटिएको छ। भिडियोमा नेपाली ग्रामीण परिवेश, श्रमशील जीवनशैली र संस्कृतिको झल्को पाइन्छ।

‘कटुवालको छोरो म त…’ प्रकाश कटुवालको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। यो सिर्जना कटुवाल जातिका मात्र नभई सामूहिक नेपाली चेतनाका लागि पनि प्रेरणादायी बनेको छ।