एमाले रामेछापले भोलि जिल्ला स्तरीय कार्यशाला गर्दै

  • प्रकाशित मिति: सोमबार, असार १६ २०८२
  • तामाकोशी

रामेछाप । राजनीतिक र सांगठानिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले मंगलबार जिल्ला स्तरीय कार्यशाला आयोजना गर्ने भएको छ। कार्यशाला मन्थलीस्थित एल्लो जि.एस होटेलमा हुने भएको हो। कार्यशालाको प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ सहभागी हुने एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो।
कार्यशालामा पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष तथा सचिवहरू, साथै जिल्ला जनसंगठनका अध्यक्ष र सचिवहरूको सहभागी रहने बताइएको छ। नेकपा (एमाले) जिल्ला संगठन विभागको संयोजनमा आयोजना हुने कार्यशालामा पार्टीको सांगठानिक सुदृढीकरण, कार्यदिशा तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने अध्यक्ष कडरियाले जानकारी दिनुभयो।