रामेछाप । रामेछाप जिल्लामा सञ्चालित बैङ्क तथा इन्स्योरेन्समा कार्यरतहरूको समूह बैङ्क तथा इन्स्योरेन्स ग्रुपले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
शुक्रवार बिहान सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा रक्तदान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वयमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
जिल्ला स्थित विभिन्न बैङ्क तथा वित्तीय संस्था कर्मचारी, व्यापारी र स्थानीय गरी ३१ जनाले रक्तदान गरेको सो ग्रुपले जनाएको छ । बैङ्क तथा इन्स्योरेन्स (बिआईजि) ग्रुपले जिल्लामा विभिन्न रचनात्मक तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।