उमाकुण्डमा मौरी पालन तालिम सहित सामाग्री वितरण

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा मौरी पालन तालीम सहित मौरी पालनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ ।

वडा नं ७ भुजीका मौरी पालक कृषकलाई उद्योग विकास शाखाको लघु उद्यमी स्तरोन्नति कार्यक्रम अन्तरगत तीन दिने मौरी पालन सम्बन्धी तालीम र मौरी मौरी पालनका लागि आवश्यक सामाग्री निःशुल्क वितरण गरिएको हो ।



यही जेठ ४ देखि ६ गतेसम्म तालिम सञ्चालन गरी तालिम लिएका किसानहरूलाई धुवा दानी, घुम्टी, पन्जा, मौरी बोक्ने झुल र चासनी फिडर प्रदान गरिएको उद्यम विकास शाखा प्रमुख रणबहादुर कार्की जानकारी दिनुभयो ।

मौरी पालन सम्बन्धी प्रयोगात्मक सामाग्री गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, गाउँपालिका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रुद्र मणि नेवार लगायतको उपस्थितिमा प्रदान गरिएको हो ।