रामेछापका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

  • प्रकाशित मिति: मंगलबार, बैशाख १६ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकार राजु प्रसाद पौडेलको सरुवा भएको छ । सिडिओ पौडेलको गृह मन्त्रालयमा सरुवा भएको हो । सिडिओ पौडेललाई गत आइतबार गृह मन्त्रालयले सरुवा गरेको हो ।

अब रामेछापका प्रमुख जिल्ला अधिकारीमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा आउने भएका छन् ।



पौडेलले २०८१ असोज ६ गतेबाट रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको ७ महिनामै सरुवा भएको हो ।