रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिमा तीन दिने साबुन र सरफ बनाउने तालिम सुरु भएको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत साबुन र सरफ बनाउने तालिम सोमबारबाट सुरु भएको हो ।
चैत २७ गते सम्पन्न सञ्चालन हुने तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले नागरिकहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको बताउनुभयो । नागरिकहरूलाई आफ्नै सीपबाट जीवन चलाउन सक्ने बनाउनु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
उमाकुण्ड गाउँपालिका–७ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले यस्तो तालिमले नागरिकलाई जीवन चलाउन टेवा पुग्ने बताउनुभयो ।
उमाकुण्ड गाउँपालिका–५ प्रीतिका वडा अध्यक्ष कुलबहादुर बस्नेतको अध्यक्षता सुरु भएको तालिममा समाजसेवी नवराज खत्री (मिलन), वडा सदस्यहरूको सहभागिता रहेको थियो । स्थानीय १६ जनाको सहभागी रहेको तालिममा प्रशिक्षक सुदर्शन बास्कोटाले सहजीकरण गरिरहनुभएको छ ।
रामेछापको प्रीतिमा तीन दिने साबुन र सरफ बनाउने तालिम सुरु
- प्रकाशित मिति: सोमबार, चैत्र २४ २०८१
- तामाकोशी