रामेछाप । रामेछापको मन्थली नगरपालिकाको न्यायिक समितिमा झन्डै नौ महिनाको अवधिमा २८ वटा विवाद दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि चैत २० गतेसम्म २८ वटा विवाद न्यायिक समितिमा दर्ता भएका हुन् ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत २० गतेसम्म २८ वटा विवाद दर्ता भएको र गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएको १३ वटा गरी ४१ वटा विवाद न्यायिक समितिमा रहेकोमा २० वटा विवाद फछ्र्योट भएको नगरपालिकाका कानुन अधिकृत सुदर्शन कुमार रायले बताउनुभयो ।
न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरूको समयमै सुनुवाइ गरिएको उहाँले बताउनुभयो ।
उजुरी सुनुवाइका लागि ईजालसको व्यवस्था लगायत न्याय सम्पादनको कामलाई अझै प्रभावकारी बनाउन न्यायिक समिति लागि परेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०८०÷०८१ मा ३१ वटा विवादहरू न्यायिक समितिमा दर्ता भएकोमा जिम्मेवारी सरेर आएका ९ वटा सहित ४० वटा विवादमा ३१ वटा विवाद फछ्र्योट भएको थियो ।
त्यसै गरी आर्थिक वर्ष २०७९÷०८० मा ४२ वटा विवाद दर्ता भएकोमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६ वटा सहित ४८ वटा विवादमा ३९ वटा फछ्र्योट भएको थियो ।
वडा स्तरमा हुने विवादहरूको मेलमिलापका माध्यमबाट समाधानका लागि नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र र दक्ष मेलमिलाप कर्ताहरू क्रियाशील रहेका न्यायिक उहाँले बताउनुभयो । संविधानले दिएको अधिकार प्रयोग गरेर आफ्नो कामलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार मन्थली नगरपालिकाले हालसम्म ९२ वटा ऐन, कानुन्, कार्यविधि र निर्देशीकाहरु बनाएर कार्यान्वय गरिरहेको कानुन अधिकृत रायले बताउनुभयो ।