रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित बैङ्क, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरूले ग्लोबल मनीविक् २०२५ कार्यक्रम सम्पन्न गरेका छन् ।
बैङ्क तथा इन्स्योरेन्स लघुवित्त संस्थाहरूले आर्थिक संकलन् मात्रै गर्ने नभएर जम्मा भएको रकमलाई सही कार्य र उत्पादनमा कसरी लगाउने भन्ने विषयमा सकारात्मक सन्देश दिन र्याली आयोजना गरिएको हो ।
” Think before you follow ,Wise money tomorrow”भन्ने मूल नारा सहित राष्ट्र बैकको १३ औ ग्लोबल मनीविक २०२५ बैङ्क तथा वित्तीय समूह बिआइजी को आयोजना मा मन्थली बजार परिक्रमा गरी सचेतना मूलक संयुक्त र्याली शुक्रवार बिहान सम्पन्न गरेका हुन् । जिल्लामा सञ्चालित सबै बैङ्क, लघु वित्त, र इन्स्योरेन्सहरुका प्रमुख तथा प्रतिनिधि सहभागीहरूले मन्थली–१ को भैशेश्वर चोकदेखि ट्राफिक बिटसम्म विभिन्न सचेतनामूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका हुन् ।
देवकोटा चोकमा भएको कोण सभालाई बैङ्क, इन्स्योरेन्स, ,लघुवित्त का प्रमुख एवं प्रतिनिधिहरुले ‘पैसा भए बचत गर्न र पैसाको सही सदुपयोग सही लगानी गर्न सुझाएका थिए ।
बिआइजी समूह रामेछापका उपाध्यक्ष मोहन धमलाको अध्यक्षता भएको कोणसभामा बैकको तर्फबाट प्रभु बैक मन्थली शाखा प्रमुख कुबेर सापकोटा र लघुवित्तका तर्फबाट लघुवित्त मञ्च रामेछापका अध्यक्ष जीवन राईले वित्तीय साक्षरता कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो । रामेछापमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरू मिलेर आर्थिक समृद्धिको लागि काम गरिरहेका छन् भन्ने सन्देश दिन यो र्यालीले महत्पूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
