रामेछापको मन्थली क्याम्पस स्ववियु निर्वाचनः एक सदस्य बाहेक सबैमा अनेरास्ववियु विजयी

  • प्रकाशित मिति: मंगलबार, चैत्र ४ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य पद बाहेक सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् ।

मङ्गलवार राति सकिएको मत परिणाम अनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका सुशील थापा २०७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
उहाँको प्रतिद्वन्द्वी नेविसंघका विपुल रोका १५२ र अखिल (क्रान्तिकारी)का उम्मेदवार अनोज भुजेलले जम्मा ६५ मत मात्रै प्राप्त गर्दे पराजित हुनुभएको छ ।



सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी(डेनिस) १८५ मत प्राप्त गरी विजयी हुँदा नेविसंघका युवराज बुढाथोकीले १६५ र अखिल (क्रान्तिकारी)का सचिव पदका उम्मेदवार विनीता माझी ७० मत प्राप्त गर्दै पराजित हुनुभएको छ ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मशली तामाङ २०७ मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघकी छाया तामाङले १३६ र अखिल (क्रान्तिकारी)का राजकुमार श्रेष्ठ जम्मा ७९ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

सदस्यहरूमा अनेरास्ववियका ४ जना उम्मेदवार तुलसा उप्रेती १९१, यलिना माझी १७१, जीवन पहरी २०७ र मनोज श्रेष्ठ २३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । भने एउटा सदस्य पदमा नेविसंघबाट कर्ण श्रेष्ठ १७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

अब उपाध्यक्ष र सह–सचिव सहित ७ पद समानुपातिक तर्फबाट समितिमा जाने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्रै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ५३१ मतदाता रहेकोमा जम्मा ४२७ मत खसेको छ ।

हेर्नुहोस कसले कति मत ल्याए 

नेविसंघ
अध्यक्ष: विपुल रोका- १५२
सचिवः युवराज बुढाथोकी-१६५
कोषाध्यक्षः छाया तामाङ-१३६
सदस्य: कर्ण श्रेष्ठ-१७६
सदस्य: कालिका महत-१४७
सदस्य: अमृता माझी- १३४
सदस्य: अविजल श्रेष्ठ-१२९
अनेरास्ववियु
अध्यक्ष: सुशिल थापा- २०७
सचिव: मुकेश भण्डारी-१८५
कोषाध्यक्षः मशली तामाङ-२०३
सदस्य: स्वस्तिका सुवेदी-१६९
सदस्य: तुलसा उप्रेती-१९१
सदस्य: यलिना माझी-१७१
सदस्य: जीवन पहरी-२०७
सदस्य: मनोज श्रेष्ठले- २३७
अखिल क्रान्तिकारी
अध्यक्ष:अनोज भुजेल- ६५
सचिव: विनिता माझी-७०
कोषाध्यक्ष: राजकुमार श्रेष्ठ-४२
सदस्य: रश्मि माझी-७७
सदस्य: बोध प्रसाद दाहाल-६६
सदस्य: लोकसाङ गोले-८७
सदस्य: अम्बिका श्रेष्ठ-७१
सदस्य: ओमकिन गोले-८४