रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तरगत भएको मतदानमा ४२७ मत खसेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्रै यो क्याम्पसमा ५३१ मतदाता थिए ।
जसमा निर्वाचन अवधि मङ्गलवार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म जम्मा ४२७ मत खसेको निर्वाचन अधिकृत नारद थापाले बताउनुभयो । अबको केही घण्टापछि मतगणना सुरु गरिने उहाँले बताउनुभयो ।
मन्थली क्याम्पस स्ववियु चुनामा नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
प्रत्यक्ष तर्फ तीन वटा विद्यार्थी संगठबाट २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्यक्ष निर्वाचनबाट ८ र समानुपातिक प्रणालीबाट ७ गरी १५ सदस्यीय स्ववियु मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस समिति बन्नेछ । अध्यक्ष, सचिव र कोषाध्यक्ष र ५ जना सदस्य गरी ८ पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछन्। उपाध्यक्ष र सह–सचिव सहित ७ पद समानुपातिक जाने व्यवस्था रहेको छ ।
रामेछापको मन्थली क्याम्पसमा स्ववियु चुनावः ५३१ मा ४२७ मत खस्यो
- प्रकाशित मिति: मंगलबार, चैत्र ४ २०८१
- तामाकोशी