रामेछापको खिम्तीमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना

  • प्रकाशित मिति: सोमबार, चैत्र ३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहान भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि.डी ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छतिउने खोला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले बताउनुभयो ।

दुर्घटनामा ८ जना सामान्य घाइते भएको र घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली  ल्याइएको उहाँले बताउनुभयो ।