सिन्धुलीको दुघौली नगरपालिकामा श्रीमतीको घाँटी थिचेर हत्या

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १९ २०८१
  • तामाकोशी

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । जिल्लाको दुघौली नगरपालिका–८ कछुवाखाडीमा घरको भान्सा कोठामा झगडा हुँदा २२ वर्षीय दिनेश सदाले १७ वर्षीया श्रीमती अनिशा सदाको हत्या गरेको प्रहरीले जनाएको छ । गएराति हत्या भएको र स्थानीयले सोमबार प्रहरीलाई खबर गरेपछि श्रीमान् दिनेश पक्राउ परेका छन् । स्थानीयका अनुसार झगडा हुँदा आवेशमा आएर घाँटी थिचेर हत्या दिनेशले बताएका थिए । श्रीमान् सदालाई इलाका प्रहरी कार्यालय डकाहाको टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उनीहरूको एक वर्षअघि विवाह भएको थियो ।