रामेछाप । नेकपा एमाले रामेछापको जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । जनसंगठन समन्वय संयन्त्रका प्रमुख मिलनकुमार घिसिङको अध्यक्षता र एमाले बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बुधवार सदरमुकाम मन्थलीमा बैठक सम्पन्न भएको हो ।
एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, उपसचिव मखमली श्रेष्ठ लगायतका नेताहरूको उपस्थितमा बैठक बसेको हो । बैठकमा नेकपा एमाले रामेछाप अन्तरगतका जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरूले संगठनले सञ्चालन गरेका गतिविधि, आगामी योजना तथा पार्टीसँगको अपेक्षा लगायतका बारेमा रिपोर्टिङ गरेका थिए ।
बैठकका प्रमुख अतिथि एवं एमाले बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले पार्टी अगाडी सारेका कुराहरूलाई आत्मसाथ गरी तल्लो स्तरसम्म लैजाने गरी काम गर्न जनसंगठनहरुलाई निर्देशन दिनुभयो । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले नेकपा एमालेको जनसंगठनहरु नेता उत्पादन गर्ने प्रमुख थलो, भोलिको पार्टी नै भएकाले सोही अनुसार काम गर्न निर्देशन दिनुभयो ।
एमाले रामेछापका सचिव प्रकाश कुमार कार्की र उपसचिव मखमली श्रेष्ठले पार्टीलाई प्रभावकारी रूपमा जनतामा लैजाने प्रमुख माध्यम जनसंगठनह नै भएकाले यो कुरालाई आत्मसाथ गरेर जनसंगठनहले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकका अध्यक्ष एवं जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख मिलनकुमार घिसिङले बैठकमा जनसंगठनका प्रमुख एवं इन्चार्जहरूले धेरै विषयहरू उठठन गरेकाले उठेका विषयहरूका बारेमा समन्वय संयन्त्र गहन अध्ययन गरी अगाडी बढ्ने बताउनुभयो । आफ्ना संगठनको चलायमान र प्रभावकारी कार्यसम्पादनका लागि दत्तचित्त भएर लाग्न पनि उहाँले निर्देशन दिनुभयो ।
बैठकमा रिपोर्टिङ गरेका अधिकांश जनसंगठनका प्रमुख तथा इन्चार्जहरूले जनसंगठनलाई थप मझबुद र चलायमान बनाउनका लागि पार्टीबाट समय समयमा निर्देशन आउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पार्टीले अब तल्लो तह भुइमान्छेलाई छुने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।