रामेछाप । अविरल वर्षासँगैको पहिरोले गोठ पुर्दा रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनी दारिम बोटमा एक महिलाको ज्यान गएको छ । शनिवार दिउँसो माथिबाट खसेको पहिरोले गोठ पुर्दा गोठमा भैँसी र बाख्रा फुकाउँदै गरेकी ५४ वर्षकी धनमाया मगरको ज्यान गएको सोही वडाका वडा अध्यक्ष राजेश तामाङले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङका अनुसार पहिरोले गोठ पुर्दा एउटा भैँसी र ११ वटा बाख्रा पनि मरेका छन् ।
रामेछापको ओख्रेनीमा पहिरोले गोठ पुर्दा एक महिलाको मृत्यु
- प्रकाशित मिति: शनिबार, असोज १२ २०८१
- तामाकोशी