सुनकोसीमा बाढीको सतहले खतराको तह पार गर्‍यो, खुर्काेट र मुल्कोट बजार डुवानमा

  • प्रकाशित मिति: शनिबार, असोज १२ २०८१
  • तामाकोशी

रामेछाप । निरन्तरको झरीले सुनकोसीमा बाढीको सतहले खतराको तह पार गरेको छ । सुनकोशीमा बाढीको सतह खतराको तह पार गर्दा नजिकैका बजार तथा बस्तीहरु डुवानमा परेका छन् । सिन्धुलीको खुर्काेट तल्लो बजार पुरै डुवानमा परेको स्थानीयले बताएका छन् । खुर्काेट तल्लो बजारको बसपार्क क्षेत्र पुरै डुवानमा परेका छन् । त्यसै गरी सिन्धुलीकै मुलकोट बजार पनि डुवानमा परेको स्थानीयले बताएका छन् ।