रामेछापको उमाकुण्ड गाउँपालिकामा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिता

  • प्रकाशित मिति: शुक्रबार, असोज ४ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । गाउँपालिकाले यो वर्षको वर्षे बिदाको समयमा माध्यमिक विद्यालयहरूमा कम्प्युटर कक्षा सञ्चालन गरेको थियो ।

कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन गरेको थियो । गाउँपालिकाले अहिले गाउँपालिका स्तरीय अङ्ग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिता आयोजना गरेको छ ।



शुक्रवार भएको प्रतियोगितामा कक्षा ४ देखि कक्षा १२ सम्मका ४२ जना विद्यार्थीहरूले भाग लिएका छन् । गाउँपालिकाको केन्द्रमा पर्ने चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा ४–५, ६–८ र ९–१२ का विद्यार्थीहरूलाई छुट्टाछुट्टै कक्षामा राखेर प्रतियोगितामा सहभागी गराइएको उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । हस्तलेखन प्रतियोगिताको नतिजा असोज १५ गते सार्वजनिक गरिने बताइएको छ ।