थापाको घरमा चक्यो रुवाबासी ! हानाहान हुदा थापाको गयो ज्यान

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३१ २०७६
  • तामाकोशी

दुल्लु । दैलेखकाे नारायण नगरपालिका ५ छातिकोट भन्ने ठाउँमा विवाहमा गएका युवाहरुबीच हानाहन् हुँदा सोमबार राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छातिकोटकै ३२ वर्षीय प्रेमबहादुर थापा रहेका छन् । छिमेकीको विहेमा गएका पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच सामान्य विवाद पछि हानाहान् भएको थियो । बिहेमा आएर मादकपदार्थ सेवन गरेका बेला झगडा हुँदा थापाको ज्यान गएको स्थानीयले बताएका छन् ।



घटनाबारे थप अनुशन्धान गरी संलग्नलाई कानुनी कार्वाही गरिने जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।