थापाको हत्या ! हत्या आरोपित २ जना प्रहरी फन्दामा

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३१ २०७६
  • तामाकोशी

नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो ।



थापाको हत्या भएसँगै फरार भएका पहलसिं सारु र दानबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

सोमबार राति १२ बजे दोहोरो झडप हुँदा मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको आफन्तले जानकारी दिएका छन् । रातो पार्टीबाट साभार