एजेन्सी । पपुवा न्यूगिनीमा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिसाली भूकम्प गएको छ । पपुवा न्यूगिनीदेखि १००० किलोमिटर टाढा प्रशान्त महासागरमा केन्द्रविन्दु रहेको शक्तिसाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो भूकम्पका कारण प्रशान्त महासागरमा विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
प्रशान्त महासागर सुनावी सचेतना केन्द्रले तटीय मुलुकहरुमा सुनामीको खतरा रहेको भन्दै सचेत गराएको छ ।
समुन्द्रमा केद्रविन्दु रहेको भूकम्प भएका पपुवा न्यूगिनीमा कुनै क्षति भने नभएको जनाइएको छ । यद्यपी सुनामीले भने त्यहाँ क्षति गर्न सक्ने जनाइएको छ ।