काठमाडौँ । वैशाख ३१ गते,
मंगलबार पनि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद् विभूति पोखरेलले विशेष गरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको बताइन्। प्रि–मनुसुनको सिजन भएकाले वर्षासँगै हावाहुरी र चट्याङको पनि सम्भावना रहने मौसमविद् पाखरेलको भनाइ छ । पश्चिमी र स्थानीय दुवै वायु सक्रिय हुने भएकाले आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन्।
३ दिनसम्म हावाहुरी र मेघगर्जनसहित पानी पर्ने
- प्रकाशित मिति: मंगलबार, बैशाख ३१ २०७६
- तामाकोशी