सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्त ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख ३० गते सोमबार नेपाल सम्बत ११३९ वछलाथ्व तदनुसार सन् २०१९ मे १३ तारिक शुक्लपक्ष नवमी तिथि अपरान्ह २ वजेर २३ मिनेटसम्म उप्रान्त दशमी तिथि,मघा नक्षत्र विहान ९ वजेर ५० मिनेटसम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र,ध्रुवयोग,कौलव करण,आनन्दादियोग ध्वाँक्ष,सूर्य मेष राशीमा,चन्द्रमा सिंह राशीमा ।
शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३३ मिनेटबाट मध्यान्ह १२ वजेर २७ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर २१ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ६ वजेर ५८ मिनेटबाट ८ वजेर ३९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर १९ मिनेटबाट मध्यान्ह १२ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर २७ मिनेटबाट अपरान्ह १ वजेर २१ मिनेटसम्म र ३ वजेर ८ मिनेटबाट ४ वजेर २ मिनेटसम्म रहनेछ ।
शुभ अशुभ दिन बार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५८ मिनेटसम्म अमृत वेला,६ वजेर ५८ मिनेटबाट ८ वजेर ३९ मिनेटसम्म काल वेला,८ वजेर ३९ मिनेटबाट १० वजेर १९ मिनेटसम्म शुभ वेला,१० वजेर १९ मिनेटबाट १२ वजेसम्म रोग वेला,१२ वजेबाट १ वजेर ४१ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर २१ मिनेटसम्म चर वेला,३ वजेर २१ मिनेटबाट ५ वजेर २ मिनेटसम्म लाभ वेला र ५ वजेर २ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।
शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८ वजेर २ मिनेटसम्म चर वेला,८ वजेर २ मिनेटबाट ९ वजेर २१ मिनेटसम्म रोग वेला,९ वजेर २१ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म काल वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेसम्म लाभ वेला,१२ वजेबाट १ वजेर १९ मिनेटसम्म उद्वेग वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३९ मिनेटसम्म शुभ वेला,२ वजेर ३९ मिनेटबाट ३ वजेर ५८ मिनेटसम्म अमृत र ३ वजेर ५८ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।
शुभ अशुभ राशीफल
मेषः–दुविधा मुक्त भएर योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन । तनाव घट्नेछ ।
वृषः– काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्नेछ । कुरा धेरै,सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना मुक्त देखिन्न । घरयासी समस्याले सताउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । ताला चावी बलियो गर्नुहोला धन माल हराउन सक्छ । पढाई लेखाईमा पनि सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।
मिथुनः– बाधा अवरोध हट्ने छन् । समयमा सुधार देखिन्छ । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्नेको साथै सहयोग माग्ने पनि कम हुने छैनन ।
कर्कटः–आफन्तबाट सामान्य सहयोग मिल्नेछ तर पूर्ण भरोसामा नबस्नु होला । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।
सिंहः– समस्या कम भएर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग नडराई काम गर्नु होला गन्तव्यमा पुग्न सकिनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ ।
कन्याः– दिन प्रतिकुल देखिन्छ । काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै पनि निणर्य नगर्नु होला । व्यर्थको फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । सहयोग गर्ने भेटिने छैन तर माग्ने भने कम हुने छैनन ।
तुलाः– विगतका समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । वोलीको प्रभाव बढ्नेछ ।
वृश्चिकः– पहल गर्नु होला पुराना समस्या समाधान हुनेछन् । भाग्यका साथै कर्म पनि बलियो देखिन्छ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । ज्ञान,शिप र दक्षताको विकास हुनेछ ।
धनुः– समयमा सामान्य सुधार आउनेछ । बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम हुने छैनन । यात्राबाट सामान्य लाभ हुनेछ । अर्थ अभावका कारण पनि काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास भने बढ्नेछ । व्यापारमा आएको मन्दि कायम नै रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला । आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला ।
मकरः– दिन तपाईको प्रतिकुल देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारमा ध्यान दिनु होला स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा पर्नु भयो भने धोका खानु हुनेछ ।
कुम्भः– सामान्यतया ग्रह,गोचर अनुकुल जस्तै देखिन्छ । कुनै पनि क्षेत्रमा निरासा र पूर्ण असफल होइन तर आशा गरे अनुरुपको सफलता मिल्ने छैन । स्वव्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
मीनः– तपाई माथि शत्रुको बक्रदृष्टि पर्नेछ । कार्य सम्पादनाम कठिनाइ आउन सक्छ,मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ । ऋण लगानी गर्दा सोच विचार गर्नु होला ।
नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु –पंडित श्रीकण्ठ सुराचार्य ।