सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्त ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख २६ गते विहिबार नेपाल सम्बत ११३९ वछलाथ्व तदनुसार सन् २०१९ मे ९ तारिक शुक्लपक्ष पञ्चमी तिथि राती ११ वजेर ३५ मिनेट सम्म उप्रान्त षष्ठी तिथि,आद्र्रा नक्षत्र अपरान्ह ३ वजेर ४५ मिनेटसम्म उप्रान्त पुनर्वसु नक्षत्र,धृतियोग,बवकरण, आनन्दादियोग काण,सूर्य मेष
राशीमा,चन्द्रमा मिथुन राशीमा ।
शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २७ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः– विहान ८ वजेर ४१ मिनेटबाट १० वजेर २१ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर२१ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ५ वजेर २१ मिनेटबाट ७ वजेर १ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ९ वजेर ४७ मिनेटबाट १० वजेर ४० मिनेटसम्म र अपरान्ह ३ वजेर ७ मिनेटबाट ४ वजेर १ मिनेटसम्म रहनेछ ।
बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १ मिनेटसम्म शुभ वेला,७ वजेर १ मिनेटबाट ८ वजेर ४१ मिनेटसम्म रोग वेला,८ वजेर ४१ मिनेटबाट १० वजेर २१ मिनेटसम्म उद्वेग वेला,१० वजेर २१ मिनेटबाट १२ वजेर १ मिनेटसम्म चर वेला,१२ वजेर १ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म लाभ वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर २१ मिनेटसम्म अमृत वेला,३ वजेर २१ मिनेटबाट ५ वजेर १ मिनेटसम्म काल वेला र ५ वजेर १ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।
शुभ अशुभ राशीफल
मेषः– आज पनि समयले साथ दिनेछ समयको सदुपयोग गर्न पछि नपर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछिको समय विस्तारै प्रतिकुल हुनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । अरुका कुरालाई धेरै विश्वास नगर्नु होला ।
वृषः– समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने समाउने छैन । अपरान्ह पछि समयले थोरै साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।
मिथुनः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । विना तयारी कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।
कर्कटः– आजको दिन पनि अनुकुल देखिन्न । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । यात्रा कष्टपूर्ण हुनेछ । वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । घरमा बस्न मन लाग्ने छैन ।
सिंहः– ग्रह गोचर अनुकुल नै देखिन्छ । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव देखिएका कुरा सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ । नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने नगर्नु होला ।
कन्याः– कसैलाई आश्वासन दिने काम नगर्नु होला आफैलाई घाटा हुनेछ । गरेका ६० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । संचित धनलाई नचलाउनु होला । धन दिने काम पनि नगर्नु होला ।
तुलाः– अस्थिर मन लिएर कहि केहि नगर्नु होला । कामले गति लिने छैन । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।
वृश्चिकः–समय प्रतिकुल देखिन्छ काममा हेलचक्र्याई नगर्नु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।
धनुः– समयमा गरेका काम सफल हुनेछन् । सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । अरुको भर धेरै नपर्नु होला । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । परिवारबाट टाढा बस्नु पर्ने अवस्था आउन सक्छ ।
मकरः– मायाँ मोहमा कुनै काम हुने छैन । अरुबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।
कुम्भः–सोचे जस्तो कहि कतै हुने छैन । अन्योलमा परिनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला ।
मिनः– विश्वास,आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या सँग खेल्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । होशियारी नगुमाउनु होला, आफ्नो ठाँउ अरुले लिन सक्छन् । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्थाका द्वार थोरै खुल्ने छन् ।
ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु –पंडित श्रीकण्ठ सुराचार्य ।