” तलाई नकाटे मेरी आमाको पोई”भन्दै काँग्रेसबाट निर्वाचित वडा सदस्य बेद प्रकाश तिमिल्सिनाले कार्यालय प्रमुखलाई दिए ज्यान मार्ने धम्कि(भिडियो)

  • प्रकाशित मिति: शनिबार, बैशाख २८ २०७६
  • तामाकोशी

२८ बैशाख २०७६, काठमाडौं – नेपाली काँग्रेसबाट निर्वाचित पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ का वडा सदस्य बेद प्रकाश तिमिल्सिनाले झोलुङ्गे पुल उपभोक्ता समिति गठन गर्दा आफ्नो कार्यकर्ताले नेतृत्व नपाएको भन्दै पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापालाई ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ ।

परिवर्तन खबरसँगको कुराकानीमा कार्यालय प्रमुख थापाले घटना गत फागुन ३० गते भएको र निज पिडक तिमिल्सिनाले स्थानीयसँग समन्वय नगरी उल्टै उच्च अदालत दिपायलमा मुद्दा दायर गरेको तर आफूले घटनालाई सार्वजनिक गर्न नचाहेकोले अहिलेसम्म घटना गुपचुप रहेको जानकारी गराए ।



आफ्ना केही साथीले तपाईलाई धम्की दिएको अडियो सुनौं न भन्दै गोप्य रुपमा रेकर्ड गरी सार्वजनिक गरेको प्रति थापा खासै खुशी देखिएका छैनन् । हामीसँगको कुराकानीमा उनले भने, ‘मैले कानुन अनुसार काम गरेको हो । मेरो कारणले अरुले दु:ख नपाउन भन्ने मनशायले कतै खबर गरिन् । सुरक्षा प्रशासनलाई घटना बारे जानकारी भए पनि आफूले निवेदन नहालेको समेत दावी गरे ।

यसबारेमा नेपाली काँग्रेसबाटै निर्वाचित जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरसँग कुरा गर्दा जननिर्वाचित भएर राष्ट्रसेवक कर्मचारी माथि प्रयोग गरिएको भाषा असभ्य भएको स्वीकार्दै पिडित थापालाई बुझ्दा निजले तपाईले कुरा मिलाईदिनुस् म दु:ख दिन चाहन्न भनेको बताए ।

नेपाली काँग्रेसबाटै निर्वाचित पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटाले जनप्रतिनिधि जस्तो व्यक्तिले आवेगमा आएर कर्मचारी थर्काउनु सोभनिय नभएको बताए ।

परिवर्तन खबरलाई प्राप्त स्रोत अनुसार पिडित तिमिल्सिना नेपाल पत्रकार महासँघको पूर्व अध्यक्ष समेत भईसकेका व्यक्ति हुन् भने वडा सदस्य तिमिल्सिनाले निर्वाचित वडाध्यक्षहरु, उपप्रमुख समेतलाई पटकपटक गालीगलौज गरी धम्क्याउने गरेको बुझिएको छ ।

नेपाली काँग्रेसको जिल्ला पार्टी नेतृत्वमा दह्रो प्रभाव पार्ने तिमिल्सिनाले पटकपटक दिएका धम्कीको वेवास्ता गर्ने काँग्रेस र सुरक्षा निकायको मौनताले भोली जघन्य घटना घटेमा जिम्मेवारी कस्को भन्ने प्रश्न उब्जिएको छ ?
परिवर्तन खबरबाट साभार ,