काठमाडौँ । वैशाख २८ गते,
शनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ । मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने बताए । केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।’ शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।