योजना तर्जुमा गर्न रामेछापका सवै स्थानीय तहसंग प्रदेश सरकारद्धारा सुझाव संकलन

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २७ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २७ गते,
आगामी आर्थिक बर्ष २०६७र०७७ को योजना तर्जुमा गर्न तीन नम्बर प्रदेश सरकारले रामेछाप जिल्लाका जनप्रतिनिधिहरुसँग सुझाव लिएको छ । तीन नम्बर प्रदेश अन्तर्गत रहेको योजना आयोगले जिल्लाका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसँग सुझाव लिएको हो । नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको प्रदेश सरकारले आगामी बजेटमा समावेश गर्ने विषयका प्राथमिकता निर्धारण गर्न सुझाव मागेको छ । विकासको अवस्था, योजना छनोटको मापदण्डको बारेमा आयोगले जनप्रतिनिधिहरुलाई जानकारी गराउदै योजनाको समेत संकलन गरिएको बताइएको छ । सुझाव संकलन कार्यक्रममा प्रदेशसभा सांसद शान्ति पौडेल, पूर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी सहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु आठ वटै स्थानीय प्रमुख उपप्रमुख, र वडा अध्यक्षहरुको सहभागीता रहेको छ । कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले समन्वय नै नगरी विकाश आयोजनाहरु सञ्चालन हँुदा नागरिकहरुले प्रश्न गर्ने भएकाले स्थानीय तहलाई जानकारी दिएर मात्रै विकाश आयोजना सञ्चालन गर्न माग सुझाव दिएका छन् । कार्यक्रममा रामेछापका सरकारी कार्यलयका प्रमुखहरुले आफ्नो कार्यालयले सम्पादन गरिरहेका कामको अवस्थाका बारेमा जानकारी गराएका थिए ।