रामेछापको उच्च पहाडी क्षेत्र गुराँसले रंगीन

  • प्रकाशित मिति: बुधबार, बैशाख २५ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २५ गते,नवराज पथिक,
रामेछाप जिल्लाका उच्च पहाडी क्षेत्रले गुराँस पर्यटनको राम्रो सम्भावना बोकेका छन् । रामेछापको दोरम्बा गाउँपालिकाको सैलुङ क्षेत्र, सुनापतिको सुनापति डाँडो लगायतका भाग तथा गोकुल गंगा र र उपमाकुण्डको सिँगटी, सेर्दिङ, लाप्चाने लगायतका क्षेत्र पनि विभिन्न प्रजातिका गुराँसका फूलहरुले ढाकिएका छन् । सो क्षेत्रका वन अहिले विभिन्न रंगका गुराँसले रंगीन भएका छन् । यी क्षेत्रहरुमा गुराँस पर्यटन प्रवद्र्धन गर्न सके आन्तरिक तथा वह्य पर्यटकहरु समेत पर्याप्त तान्न सकिने सम्भावना रहेको छ । रामेछापका जंगलमा पनि २० भन्दा बढी प्रजातिका गुराँसका फूलहरु पाइने स्थानीय बताउँछन् । सैलुङ क्षेत्र गुराँसको भण्डार नै भएको रामेछापको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान बनाउँदछन् । त्यहाँ पाइने गुराँसका जातको बारेमा अध्यन अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । दोरम्बाको सैलुङ तथा लाप्चाने, तामे बाम्ती तथा चुचुरे क्षेत्र गुराँसको लागि मात्र हैन प्राकृतिक मनोरम वातावरणको मज्जा लिन उपयुक्त छन् ।