रामेछाप । वैशाख २५ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शहरी तथा ग्रामिण क्षेत्रका बजारमा संचालनमा रहेका विभिन्न व्यवसायहरुको अनुगनमा कडाई गर्ने भएको छ । सोही क्रममा बुधबार जिल्ला प्रशासन कार्यालयको नेततृत्वमा विभिन्न निकाय सहभागि रहेको अनुगमन टोलीले सदरमुकाम मन्थलीको आकाशेमा संचालित किराना र हार्डवयर पसलहरुको अनुगमन गरेको छ ।
अनुगन टोलीले किराना पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघे ननाघेको, मूल्यसूची राखे नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र भए नभएको लगाएतको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । अनुगमन टोलीले म्याद नाघेका एक बोरा कुरमुरे , १३ बोतल पाँच सय एम.एल.को पेय पदार्थ र एकप्याकेट खैनी जफत गरेको भुजेलले जानकारी दिए । उनले उपभोक्ताहरु नठगिउन भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयले जिल्लाको शहरी तथा ग्रामिण क्षेत्रका बजारहरुको प्रभावकारी अनुगमन गर्ने बताए । 
२ नगरपालिका ६ गाउँपालिका रहेको रामेछाप जिल्लाको बजार क्षेत्रहरुमा लाग्ने हाटमा म्याद गुज्रीएको सामाग्री बिक्रि भैरहेको र नाप तौलमा गाउँघरका चलन चल्तीका साना माना पाथिको प्रयोग हँुदा उपभोक्ताहरु ठगिने गरेको गुनासोहरु आउने गरेका छन् । यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासनको यो सक्रियता अझ बढ्नु आवश्यक रहेता पनि जिल्ला प्रशासनले प्रभावकारी अनुगन गर्न नसकेको गुनासो उपभोक्ताको छ । सदरमुकाम मन्थली बजार , रामेछाप बजार लगाएत जिल्लाको मुख्य मुख्य बजारमा प्रेट्रोलिय पदार्थ अवैध तरिकाले बिक्रि हुँदा पनि प्रशासनले केहि गर्न नसकेको उपभोक्ताहरुको गुनासो छ । बजार क्षेत्रमा संचालित प्रेट्रोल पम्पहरुमा पेट्रोल नपाउँदा पनि बजारका विभिन्न किराना तथा खाद्यान्न पसलहरुमा खानेपानीको बोतलमा राखि अवैध तरिकाले बढि मुल्य लिएर पेट्र विक्रि गरि व्यापारीहरुले उपभोक्ताहरुलाई ठग्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।
रामेछापमा बजार अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताहरुको गुनासो
- प्रकाशित मिति: बुधबार, बैशाख २५ २०७६
- तामाकोशी