सभामुखले संसद माथि नेता थापाले लगाए यति ठुलो आरोप

  • प्रकाशित मिति: मंगलबार, बैशाख २४ २०७६
  • तामाकोशी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको विवादको बावजुत पारित भए संगै कांग्रेस नेता गगन थापाले सभामुखले संसदको गरिमा विर्सिएको आरोप लगाउनु भएको छ ।

पूर्व मन्त्री समेत रहनु भएको नेता थापाले प्रतिपक्षिको मर्म विपरित र सभाको मर्म नबुझि संसद चलाएको भन्दै संसदको सभामुख कम र प्रधानमन्त्रीको आदेशपालककाे भुमिका देखिएको आरोप लगाउनु भएको हो ।



मंगलबार सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले प्रधानमन्त्रीले संसदीय भाषाको विपरीत भाषा प्रयोग गरेको भन्दै संसद अवरुद्ध गरेका थिए ।

तर सभामुख कृष्ण बहादुर महराले प्रतिपक्षिको विरोधलाई लत्याएर संसद चलाएको भन्दै सभामुखले संसदीय मर्यादालाई महत्व नदिएको प्रधानमन्त्रीको लागि नागरिक झुक्नुपर्ने, संसद झुक्नुपर्ने अवस्था आउन नहुने भन्दै सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको हो ।

प्रधानमन्त्रीको अगाडी आफ्ना अधिकार प्रयोग गर्न सभामुख चुक्नु भयो नेता थापाले भन्नुभयो । भने नीति तथा कार्यक्रमको विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रममा अपशब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पनि रिसाएका थिए ।
news 24