सिन्धुलीको गोलञ्जोरमा योजना छनौट प्रक्रिया बारे अभिमूखिकरण

  • प्रकाशित मिति: आइतबार, बैशाख २२ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २२ गते,
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं ५ खनियाखर्कका निर्वा्चित जनप्रतिनिधि, आमा समुह, अगुवा कृषकहरु, किशोरी तथा युवा क्लवका प्रतिनिधिहरुको लागि योजना निर्माण प्रक्रिया सम्बन्धि एक दिने अभिमूखिकरण कार्यक्रम आइतबार खनियाखर्कमा सम्पन्न भएको छ ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज ः पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा भएको कार्यक्रममा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रियाको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव भिमबहादुर श्रेष्ठ तथा परियोजनाकी जिल्ला कार्यक्रम संयोजक सुष्पा भुजेलले गरेकी थिइन् ।
कार्यक्रममा योजना तर्जुमाका प्रक्रिया, समय तालिक, योजना छनौटका विधि लागयता विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागिले स्थानीय सरकार बनेको २ वर्ष वित्दा पनि योजना छनौट गर्ने प्रक्रियाको बारेमा आपूmहरुलाई थाहानै नभएको बताएका थिए ।
कार्यक्रम कार्यपालिका सदस्य इन्द्रकुमारी हायूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा सदस्य पूर्णबहादुर थाप,प्रकाश लुंगेली, सावित्रा विक, जुनार सुपर जोनका अध्यक्ष गोविन्दबहादुर लुंगेली लगायतले बोलेका थिए । उनीहरुले अभिमूखिकरणले स्थानीयलाई वस्ति स्तरमा योजना छटौट प्रक्रियामा भाग लिन सहज र उत्साहित बनाएको बताए । उनीहरुले यस्तो कार्यक्रम गाउँपालिकाका सबै वडा तथा वडाका वस्ति स्थमा पनि गर्नुपर्ने सुझाव दिए ।