रामेछाप । वैशाख २२ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका नेपालकै उत्कृष्ट आठाँै स्थानमा पर्न सफल भएको छ । नेपालको ७ वटा प्रदेश मध्ये ३ नं. प्रदेश अन्तर्गत रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका हाल नेपालका ४६० वटा गाउँपालिका मध्ये ८ औं स्थानमा पर्न सफल भएको छ ।
नेपाल सरकार स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनमा खाँडादेवी गाउँपालिका उत्कृष्ट ८ गाउँपालिकामा परेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिए । अध्यक्ष तामाङले आफ्नो गाउँपालिकाले हालसम्म गरेको कामको सहि मुल्याङ भएको भन्दै खुशी व्यक्त गरे । नेपाल सरकार स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयले गरेको यो मुल्याङ्कनले गाउँपालिकालाई आगामी बर्षहरुमा अझ प्रभावकारी काम गर्न थप उर्जा मिलेको अध्यक्ष तामाङको भनाई छ ।
खाँडादेवी गाउँपालिका नेपालकै ८ औं स्थानमा
- प्रकाशित मिति: आइतबार, बैशाख २२ २०७६
- तामाकोशी