बधशालाको अभावमा बजारवासी अस्वस्थकर मासु खान बाँध्य, हाटलाई अन्यन्त्रै सार्ने नगरपालिकाको तयारी

  • प्रकाशित मिति: शनिबार, बैशाख २१ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २१ गते,राजन महतारा क्षेत्री,
रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा बधशाला नहुँदा उपभोक्ताहरु अस्वस्थकर मासु खान बाँध्य भएका छन । रामेछाप बजारमा हरेक हप्ताको विहिबार लाग्ने हाटमा बधशाला नहुदा सफा र ताजा मासु खान नपाएको उपभोक्ताहरु गुनासो गरेका छन् । विशेषगरी विहिबारे हाटमा सुंगुर र बंगुरको मासु बढी विक्री वितरण हुँदै आएको छ । मासु राखेर बेच्ने ठाउँ र जिउँदो खसी बोकाको कारोबार हुने ठाउँ नजिकै भएकाले मानिसहरुले आवातजावत गर्दा उड्ने धुलो पनि मासुमै मिसिने गरेको छ । ठाउँको अभावमा धुलोमै मासुनको व्यापार गर्न आफुहरु वाध्य भएको मासु व्यवसायी छत्र बहादुर शाहीले बताए । नगरपालिकाले व्यापारीहरुसँग कर उठाउने तर व्यवस्थित बधशाला निर्माणमा भने ध्यान नदिदा व्यापारी र उपभोक्ता दुवै मारमा परेको रामेछाप बजारकी स्थानीय व्यापारी तुलसा कार्कीले गुनासो गरिन् । बधशाला नहुँदा हाट लाग्ने दिन मासु व्यापार गर्ने व्यापारीहरु तातो घाम र पानी नभनी नभनि खुल्ला आकाशमुनि बसेर मासु व्यापार गर्न बाँध्य छन ।
उपभोक्ताहरु झिंगा भन्किएको , धुलोमैलो भएको फोहोर मासु किनेर खान बाँध्य छन् । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीले खुला ठाउँमा राखिएको मासु खादा टाइफाइड, झाडापखाला आउ, पेटको समस्या र डाइरिया जस्ता रोगहरु लाग्ने बताए । उनले मासु काटेको ठाउँ, विक्री बितरण स्थल परिक्षण गरेर मात्रै मासुको प्रयोग गर्न उपभोक्ताहरुलाई सुझाव दिए । यता रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले भने रामेछापको विहिबारे हाटलाई व्यवस्थित गर्नका लागि रामेछाप बजारबाट अन्यत्रै सार्न लागिएको बताए ।